१ कार्तिक २०८३, शनिबार

भारतलाई हराउँदै साग फुटबलमा नेपालले रच्यो इतिहास, २३ वर्षपछि उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Football-Saff-1

काठमाडौं, ३ फागुन । १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारतलाई पराजित गर्दै नेपालले २३ वर्षपछि उपाधि जितेको छ ।

शनिबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गालले पराजित गर्दै २३ वर्षपछि साग फुटबलको उपाधि जितेको हो । उपाधि जितेसँगै नेपालले थप एक स्वर्ण पदक समेत हात पारेको छ ।

Nepali-Football-Saff-3

नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरे ।

खेलको पहिलो हाफमा नेपालविरुद्ध हरिचरण नर्जरीले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

यसअघि नेपालले सन् १९८४ मा घरेलु मैदानमा भएको पहिलो सागमा र १९९३ मा बङ्गलादेशमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । त्यतिबेला नेपालले क्रमशः बङ्गलादेश र भारतलाई अन्तिममा हराएको थियो । नेपाल आज भारतलाई हराउँदै स्वर्ण जितेर इतिहास रच्न सफल भएको हो ।

Nepali-Football-Saff-2

सन् १९८७ मा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो भने १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले बङ्गलादेशलाई ०–१ ले नतिजा सुम्पिएको थियो ।

Nepali-Football-Saff

यसअघि आजै भएको महिलातर्फको उपाधि भिडन्तमा भारतले नेपाललाई ४–० ले पराजित गरेको थियो । जितसँगै उक्त हारको बदला पनि नेपालले लिएको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=DFTh_2h6tVg

https://www.youtube.com/watch?v=NAzRRjelqjA

https://www.youtube.com/watch?v=w0CVH040YdA