१ कार्तिक २०८३, शनिबार

साग महिला फुटबलः भारतसँग ४-० गोल अन्तरले हार्यो नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

काठमाडौँ, ३ फागुन । बाहौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल ०–४ गोलले भारतसँग पराजित भएको छ ।

फाइनल खेल हारेसँगै महिला फुटबलमा नेपाल रजतमा सिमित भएको छ ।

====

भारतले नेपालविरुद्ध चौथो गोल गरेको छ । भारतकी आशालतादेवीले खेलको ८० औं मिनेटमा गोल थप्दै भारतलाई ४–० को अग्रता दिलाइन् । नेपालले अहिलेसम्म गोल गर्न सकेन् ।

====

भारतले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । भारतकी बालादेवीले खेलको ७३ औं मिनेटमा गोल थप्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।

=====

दोस्रो हाफ सुरुवातसँगै भारतले नेपालविरुद्ध अर्काे गोल गरेको छ । भारतकी कमलादेवीले नै खेलको ५६ औं मिनेटमा गोल थपिन् ।

=====

खेलको हाफ समय सकिएको छ । मध्यान्तरअघि नेपाल १ गोलले पछाडि परेको छ । यसअघि खेलको ३२ औं मिनेटमा भारतकी कमला दवीले नेपालविरुद्ध गोल गर्दै भारतलाई अग्रता दिलाएकी छिन् ।

====

भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालाको एस्ट्रो टर्फ मैदानमा अहिले नेपाल विजय लक्ष्यका साथ भारतको सामना गर्दै मैदानमा उत्रिएको छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र भारत यसअघि चार पटकसम्म भिडे्का छन् भने नतिजा सबै भारतको पक्षमा रहेको छ ।

अन्तिम पटक भने सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६-० गोलअन्तरले पराजित भएको थियो । यसपटकको सागमा नेपाललाई भारतसँगको बदला लिने राम्रो मौका समेत छ । दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी भएको उक्त प्रतियोगिताको अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सोझै फाइनलमा प्रवेश गरेका हुन् ।

लिग चरणको खेलमा नेपाल अपराजित मात्रै छैन, एक गोलसमेत खाएको छैन । नेपालले श्रीलङ्कालाई ४-०, बङ्गलादेशलाई ३-०, माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

यता भारतले भने श्रीलङ्कालाई ५-०, बङ्गलादेशलाई ५-१ गोलअन्तरले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो । रासस