१ कार्तिक २०८३, शनिबार

ब्याट र बल लिएर पत्रकारहरु मैदानमा उत्रिएपछि… (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

patrakarharu yesari ramaye cricketma (5)

– नरेश केसी
भैरहवा, ३ फागुन । समाचार संकलनको लागि डायरी, पेन र क्यामरा बोकेर दौडधुप गर्ने यहांका पत्रकाहरु हतमा व्याट, बल, ग्लोब लिएर मैदानमा उत्रिएपछि सिद्धार्थ रंगसालामा उपस्थित दर्शहरु अचम्मित भएका छन् ।

पत्रकार रवि पन्तको नेतृत्वमा मैदानमा उत्रिएका पत्रकारको टोलीले सबैलाई आश्चर्यचकित पनि पारे । सधैं अरुको समाचार लेख्न दौडधुप गर्ने रुपन्देहीको दक्षिणी क्षेत्रका पत्रकारहरु भैरहवामा जारी श्यामलाल सेन्चुरी स्मृति लायन्स क्रिकेट प्रतियोगितामा प्रतियोगिको रुपमा सहभागी भएका हुन् ।

एकदिनकोलागी कलम कापी र क्यामरा साइडमा थन्काएर खेलाडीको पोशाकमा स्थानिय सिद्धार्थ रंगसालामा सन्चालित क्रिकेट प्रतियोगितामा सहभागी हुदां आयोजक त दंग परे परे रंगसालाको वरीपरि बसेका दर्शक र उद्घाटन सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल पनि आश्चर्य चकित भए ।

patrakarharu yesari ramaye cricketma (4)

उद्घाटन सत्रको खेल तालिका अनुसार प्रतियोगिता आयोजक लायन्स क्लब अफ सिद्धार्थनगरसंग प्रतिसपर्धा गरेका पत्रकारहरुको खेलाडी समुहले अत्यन्तै प्रतिसपर्धाकाबीच पहिलो खेल विजयी पनि भए । फिजीकल एक्सरसाईज कम र मेन्टल एक्सरसाइज बढी गर्ने पत्रकारहरुलाई खेलको कमेन्टींग गरिरहेका पश्चिम नेपालकै प्रख्यात कार्यक्रम सन्चालक विजय पाण्डेले उत्साहित गराइ रहेका थिए ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा क्रियासील पत्रकारहरु आबद्ध लुम्बिनी प्रेस क्लबको ब्यानरमा मैदानमा उत्रीएका पत्रकाहरुले क्रिकेटमा लामो अनुभव भएका पुर्व खेलाडी समेत रहेका लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष समेत रहेका राजेश खरेललाई शुन्यमा आउट गर्दा अत्यन्तै उत्साहित भएका थिए ।

patrakarharu yesari ramaye cricketma (1)

खेलको उद्घाटन सत्रको प्रतियोगिता आयोजक लायन्स क्लब अफ सिद्धार्थनगर र लुम्बिनी प्रेस क्लबबीच भएको थियो । क्लबका सदस्य दिपेश पछाई म्यानेजर,रवि पन्त कप्तान र भुवन पाण्डे उपकप्तान रहेको लुम्बिनी प्रेस क्लबको टिमले आयोजक लायन्स क्लब अफ सिद्धार्थनगरसँग टस हारेर फिल्डिङमा उत्रेको थियो । ८७ रनको लक्ष्य पाएको प्रेस क्लबले ४ विकेटले आयोजक लायन्स क्लब सिद्धार्थनगरलाई पराजित गरेको थियो । लगातार करिब ३ घण्टा सम्म मैदानमा उत्रीएका लुम्बिनी प्रेस क्लबका खेलाडीहरुको उत्साह देखेर अतिथी दिर्घा पनि खुसी प्रकट गरिरहेको देखिन्थ्यो ।

प्रेस क्लबको उद्घाटन सत्रको विजयी यात्राको क्लबका उपकप्तान भुवन पाण्डेले १ विकेट, राजु क्षेत्रीले ४७ रन,२ विकेट, राधेश्याम वि.कले १६ रन, सलमान खानले ७ रन, रविन्द्र गुप्ताले २ रनको योगदान दिएका थिए । त्यसैगरी लायन्स क्लब अफ सिद्धार्थनगरको लागि विकास श्रेष्ठले ३६ रन, १ विकेट, उज्ज्वल पोख्रेलले १७ रन, प्रितम रौनियारले नकआउट हुँदै ६ रन, रवि श्रेष्ठले नकआउट हुँदै ६ रन र गोपाल भण्डारीले ४ विकेटको योगदान दिएका थिए ।

patrakarharu yesari ramaye cricketma (3)

उद्घाटन सत्रको खेलको म्यान अफ द म्याच लुम्बिनी प्रेस क्लबका खेलाडी राजु क्षेत्री रहेका थिए । उद्घाटन सत्र अत्यन्तै प्रतिस्पर्धाका बीच जितेको लुम्बिनी प्रेस क्लब नेपाल सुनचाँदी व्यसायी संघसँग भने ९ विकेटले पराजित भएको थियो । सुनचाँदीसँग टस जितेर ब्याटिङ गरेको क्लबले ८३ रनमा समेटिन बाध्य भएको थियो । १० ओभरको खेल रहेको सो प्रतियोगिता को उद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गरेका थिए । उद्घाटन कार्यक्रम लायन्स क्लब अफ सिद्धार्थनगरका सचिव रमेश घिमिरेको संचालन, अध्यक्ष राजेश खरेलको सभापतित्व, प्रमुख जिल्ला अधिकारी ढकालको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ ३२५ बी टु का पूर्व डिष्ट्रिक गर्भनर अरुणप्रताप राणाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

Cricket-lumbani (4)

लुम्बिनी प्रेस क्लबका तर्फबाट इमेज टिभीका रवि पन्त (क्याप्टेन) कान्तिपुर टिभीका भुवन पाण्डे (भाइस क्याप्टेन) नेपाल टिभीका दिपक परियार, दैनिक नेपालका नरेश केसी, रातोपाटीका राधेश्याम विश्वकर्मा, अनलाइन खबरका सलमान खान, राससका कमल रायमाझी, राजधानी दैनिकका श्यामशंकर पाण्डे, रुपन्देही एफएमका शंकर पाण्डे, गौतमबुद्ध सन्देशका माधव न्यौपाने, अन्नपूर्ण पोस्टका कृष्ण ढकाल, लुम्बिनी पोस्टका दिपक घिमिरे, गौतमबुद्ध सन्देशका विष्णु भट्टराई, लुम्बिनीखबरका राजु क्षेत्री, सिद्धार्थ खबरका रविन्द्र गुप्ता, लुम्बिनीखबरका राजु क्षेत्री फिल्डमा पालैपाले उत्रिएका थिए भने एविसी टिभीका दिपेश पछाईको नेतृत्वमा नारिविम्बका सम्झना शर्मा, सिद्धार्थ एफएमका टिपी भुसाल, नव भैरहवाका शम्भु शर्मा, गौतमबुद्ध सन्देशका पुनहरी बेलबासे, लुम्बिनी खबरका मनोज क्षेत्रीले बाह्य व्यवस्थापन गरेका थिए ।

उपाधि प्रोफेसनललाई
सामाजिक सद्भाव र भाइचारा अभिवृद्धि गर्ने ध्ययेले भैरहवामा सम्पन्न श्यामलाल सेन्चुरी स्मृति लायन्स क्रिकेट प्रतियोगिताको उपाधि लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले हात पारेको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा भएको खेलमा प्रोफेसनलले नेपाल सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरलाई फाइनलमा ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

उपाधि प्राप्तिको लागि लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलका तर्फबाट क्याप्टेन प्रेम सागर अग्रहरीले १३ रन, अमृत थापाले ९ रन, एकनारायण अर्यालले १ रन, जोगलाल भुषालले १ रन, निर्मल के.सीले २० रन, शुभम थापाले ७ रन को योगदान दिएका थिए ।

Cricket-lumbani (3)

कुल ६५ रनको लक्ष्य पाएको प्रोफेसनलले ५ विकेट लिँदै सुनचाँदी व्यवसायीलाई पराजित गरेको हो । प्रोफेसनलका लागि अमृत थापाले १ विकेट र शुभम थापाले ४ विकेट लिएका थिए । प्रतियोगिताको उपविजेता बनेको सुनचाँदी व्यसायी संघ सिद्धार्थनगरको लागि क्याप्टेन सुनिल सेन्चुरीले १ रन, मनोज सेन्चुरीले २ रन, मिलन रामदामले १ रन, विवेक वि.कले २ रन, प्रेम रामदामले १ रन, नवराज चौहानले १८ रन, बच्चु सेन्चुरीले २ रन, निरज सोनीले ८ रन, सरोज सेन्चुरीले १२ रनको योगदान दिएका थिए । अत्यन्तै प्रतिस्पर्धाका बीच सम्पन्न उक्त खेलमा सुनचाँदीका लागि ३ विकेटको योगदान दिएका विवेक विक प्रतियोगिताको बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र बेस्ट सिरिज बन्न सफल भएका थिए ।

खेलको माध्यममार्फत सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रेम कुमार सेन्चुरीले आफ्ना पिता स्वर्गीय श्यामलाल सेन्चुरीको स्मृतिमा सन्चालनमा ल्याएको उक्त प्रतियोगितामा भैरहवा क्षेत्रका ६ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर, लुम्बिनी प्रेस क्बल भैरहवा, नेपाल सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर होलीसिटी र लायन्स क्लब अफ सिद्धार्थनगर प्रतियोगीको रुपमा सहभागी थिए । खेलका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई शिल्ड तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । पहिलो पटक सम्पन्न भएको श्यामलाल सेन्चुरी स्मृति लायन्स क्रिकेट प्रतियोगिता प्रत्येक वर्ष गरिने प्रतियोगिताका संयोजक प्रेम सेन्चुरीले जनाए । आयोजक लायन्स क्लब अफ सिद्धार्थनगरले रुपन्देहीका सिद्धार्थ बालगृह भैरहवा र अविनाश अनाथ आश्रम कोटिहवालाई जनही ११ हजार नगद सहयोग गरेको छ । खेलको मुख्य प्रायोजन वृज सिमेन्ट र सहप्रयोजन विके ज्वेलर्सले गरेका थिए । प्रतियोगितामा अम्पायरींग सन्देशराज रेग्मी, सन्जय गुरुंग, रामचन्द्र उपाध्ययले गरेका थिए भने स्कोरिंग मनिषा क्षेत्रीले गरेकी थिइ्न् ।

लायन्स क्लब अफ सिद्धार्थनगरले लुम्बिनी क्षेत्रमा सामाजिक सेवामा अग्रहणी भूमिका खेल्दै आएको छ । गत बैशाख १२ गते महाविनाशकारी भुकम्पका पीडितहरुकोलागी क्लबले १५ लाख रुपैया बराबरको सहयोग गरेको थियो । यस क्षेत्रकै जेष्ठ लायन्स क्लब रुपमा समेत परिचीत क्लबले विभिन्न समयमा विभिन्न सामाजिक गतिविधी गर्दै आएको छ ।

patrakarharu yesari ramaye cricketma (2)Cricket-lumbani (1) Cricket-lumbani (2)