१ कार्तिक २०८३, शनिबार

१२ औं सागः भारतलाई हराउँदै नेपालले जित्यो दोस्रो स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fupu-lamu

काठमाडौं, ३ फागुन । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले सोमबार थप एक स्वर्णपदक जितेको छ ।

सोमबार विहान सम्पन्न जुडोतर्फको खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्दै  फूपू ल्हामु खत्रीले नेपालका लागि दोस्रो स्वर्ण जितेकी हुन् ।

सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियमको इन्डोर हलमा खत्रीले महिला ६३ केजी तौल समूहबाट स्वर्ण जित्न सफल भइन् । उनले अन्तिम फाइटमा भारतीय सुनीवाला देवीलाई पराजित गरिन् ।

यसअघि राउण्ड रोबिनमा उनले बंगलादेश, श्रीलंका र पाकिस्तानका प्रतिस्पर्धीलाई उछिनेकी थिइन् ।

आज स्वर्ण पदक जितेसँगै सागमा नेपालको स्वर्ण संख्या २ भएको छ । यसअघि उसूकी नीमा घर्तीमगरले स्वर्ण जितेकी थिइन ।

यसैगरी अब नेपालसँग आजै दुई वटा स्वर्ण जित्ने अवसर छ । आज अपराह्न हुने पुरुष तथा महिला फुटबलमा भारतलाई हराए नेपालको स्वर्ण संख्या चार पुग्नेछ ।

Phupu-Lhamu-Khatri