१ कार्तिक २०८३, आइतबार

ठेकेदारको लापर्बाहीले स्वास्थ्य चौकीको निर्माण अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-health-day-1-copy-copyजाजरकोट, ३ फागुन । ठेकेदारको चरम लापर्बाहीका कारण स्वास्थ्य चौकी ढिमे घरङ्गाको भवनको निमार्णकार्य अलपत्र परेको छ ।

समयमा भवन निर्माण नहुँदा स्वास्थ्य संस्थामा दैनिक आउने बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । आफ्नो भवन नहँुदा नियमित स्वास्थ्य सेवामा समेत समस्या हुने गरेको छ ।

स्वास्थ्य चौकी घरङ्गाको भवन निर्माणका लागि लोहनी एण्ड ब्रोदर्स एमपी कन्स्ट्रक्सन जेबी नेपालगन्ज–४ बाँकेले २०७१ भदौमा २०७३ असार मसान्तभित्र काम सक्ने गरी रु दुई करोड २५ लाखमा दुईतले भवनको ठेक्का स्वीकृत भई सम्झौता भएको थियो ।

निर्माण गर्ने अन्तिम समय नजिकिँदै जाँदासमेत ठेकेदारको चरम लापर्बाहीका कारण स्वास्थ्य चौकीको भवनको पाँच प्रतिशतमात्र काम भएको छ अब बाँकी रहेको पाँच महिनामा कसरी काम सकिन्छ स्थानीय प्रेमजङ्ग सिंहले प्रश्न गर्नु भयो । भएको पाँच प्रतिशत कामको ज्याला पनि मजदुरले नपाएको र डिपिसी गरेदेखि ठेकेदारले निर्माणकार्यमा बेवास्ता गरी निर्माणस्थलमा समेत पाइला नटेकेको सिंहले आरोप लगाउनुभयो ।

ठेकेदार प्रकाशजङ्ग शाहले निर्माण सामग्री नियमित सङ्कलन गरिरहेको बाँकी अवधिमा जसरी पनि काम सम्पन्न गर्नेे बताउनुभयो । उक्त भवन निर्माणका लागि निर्माण सप्लायर्सले पहिलो र दोस्रो किस्ता गरी रु ४५ लाख रकम पेस्की लगिसकेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । रासस