– झलक पाली
डोटी, ३ फागुन । नेकपा (माओवादी क्रान्तिकारी)का संगठन ब्यूरो संयोजक तथा महाधिवेशन आयोजक समिति सचिवालय सदस्य हरिभक्त कँडेलले माओवादी पार्टीहरु बीचको एकता तत्कालका लागि सम्भव नभएको बताएका छन् ।
नेकपा (माओवादी क्रान्तिकारी) डोटीले आइतबार साँझ सिलगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमूख अतिथीको रुपमा बोल्दै नेता कँडेलले यस्तो बताएका हुन् ।
यहि फागुन १ गते मात्रै माओवादी जनयुद्ध दिवस मनाउने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयभित्रै माओवादी पार्टीहरुबीच एकता हुने बताए लगत्तै कँडेलले तत्काल एकता सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।
यद्यपि अनौपचारिक रुपमा माओवादी पार्टी एकताका विषयमा छलफल अगाडि बढेको र कतिपय सकारात्मक कुरा भए पनि तत्काललाई एकता सम्भव नभएको उनले बताए ।












प्रतिक्रिया