१५ कार्तिक २०८३, आइतबार

‘भ्योन्टाइन डे’का नाममा विवाहित महिला जिस्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sankar-Giri

काठमाडौं, २ फागुन । आइतबार सबैले प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाए । कसैले सुखद रुपमा त कसैले दुःखद रुपमा मनाए ।

तर, भ्यालेन्टाइन डे भन्दै विवाहित महिलामाथि अश्लील व्यवहार गर्ने एक जना भने प्रहरी फन्दामा परेका छन् । उनले प्रत्यक्ष रुपमा भेटेर भने अश्लील व्यवहार गरेका होइन् ।

प्रणय दिवस सुरु भए देखिनै एक विवाहित महिलालाई फोन तथा म्यासेजबाट अश्लील हर्कत गर्ने तथा शारीरिक सम्पर्क राख्न धम्की दिने बानेश्वर घर भई काँडाघारी बस्ने ३२ वर्षीय शंकर गिरीलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोवार ऐन २०६३ विपरितकोे कसुर गरेको भन्दै पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता किसन सिंह थापाले जानकारी दिनुभयो ।

उनका अनुसार पीडित महिला धादिङ घर भई ललितपुर च्यासल बस्दै आएकी छिन् । उनलाई गरिीले आफ्नो मोवाईल नं.९८५११९३५२१ र ९८०३०६४५७७ र अन्य माध्यमबाट विभिन्न किसिमका अश्लिल म्यासेज तथा सेक्सको प्रस्तावसहित धाक धम्की दिँदै आएका थिए ।

उनलाई शनिबार नै पक्राउ गरिएको भएपनि आइतबार सार्वजनिक गरिएको छ । पक्राउ परेका गिरीमाथि विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।