१५ कार्तिक २०८३, आइतबार

राष्ट्रिय स्वाधिनताको लडाई जित्यौँः ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradip gyawali

– युवराज श्रेष्ठ
लमजुङ २ फागुन । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राष्ट्रिय स्वाधिनताको लडाई नेपालले जितेको बताएका छन् ।

एमाले लमजुङको अगुवा कार्यकर्ता भेलालाई आज बेसीशहरमा संवोधन गर्दै उनले नेपालीको धैर्यता र अन्तर्राष्ट्रिय दवाव सामु भारत हारेको दाबी गरे ।

अहिलेको सरकार नै राष्ट्रिय स्वाधिनताको जगमा बनेको थियो, उनले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हेपाहा प्रवृत्ती सामु घुँडा टेकेन । नाकाबन्दी पछि नेपालमा हाहाकार हुन्छ, आम नागरिकले सरकारको विरोध गर्छ र सरकार विघटन हुन्छ भन्ने भारतले ठानेको थियो, तर आम नागरिकको धर्यताले भारत हा¥यो । उनले नाकाबनदीको कष्टपुर्ण अवस्थामा पनि सरकार र दलहरुलाई भारत सामु घुँडा नटेक्न नागरिकले खबरदारी गरेको भन्दै धन्यवाद समेत दिए ।

प्रधानमन्त्री ओलीको फागुन ७ मा हुने भारत भ्रमणमा नेपाल भारत विचको असमान सन्धी संझौता पुनरावलोकन हुने उनले बताए । भारत भ्रमण लगत्तै चिन भ्रमणमा गएर प्रधानमन्त्री ओलीले ईन्धन खरिद, पारवहान, व्यापार र बिप्पा संझौता गर्ने ज्ञवालीले बताए ।

नेपालको संविधान रोक्न भारतले हरसम्भव प्रयत्न गरेको भन्दै उनले नेपाली राजनितिक दल र नेताहरुको स्वविवेकले उक्त प्रयत्न असफल बनाईदिएको बताए । आफु गत भदौ २७ गते भारत भ्रमणमा रहेका बेला भारतिय अधिकारीहरुले संविधान रोक्न आग्रह गरेको तर आफुले नयाँ संविधान निर्माण प्रक्रिया रोक्न नसकिने बताएको दाबी गरे ।

नयाँ संविधान निर्माण प्रक्रियामा कुनै खोट नरहेको भन्दै लामो छलफल, बहस र अभ्यास पछि मात्र नेपालको संविधान २०७२ जारी भएको बताए । संविधानमा छुटेका कुरा संशोधन मार्फत सच्याउन मिल्ने भन्दै उनले यो संविधानको अन्तर्वस्तु लोकतान्त्रिक र प्रगतिशिल रहेको बताए ।

मधेशी दलहरुले सोझा सिधा नागरिकलाई भ्रममा पारेर आप्mनो बर्चस्व फर्काउने प्रयास गरेको भन्दै उनले त्यो प्रयत्न असफल भएको दाबी गरे । अझै पनि मधेसका नाममा षडयन्त्र हुन सक्छ, उनले भने, अब हामी सजग र सचेत रहनुपर्छ । नाकाबन्दीले नेपालीलाई ठुलो पाठ पढाएको भन्दै अब आत्मनिर्भर बन्न लाग्नुपर्ने उनको धारणा छ ।