१ कार्तिक २०८३, आइतबार

‘सरकारी’ बैंकको खाताबाटै २० लाख रुपैयाँ गायब !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bank

दार्चुला, २ फागुन । बाहिर राख्दा रुपैयाँ हराउँछ, चोरी हुन्छ भनेर मानिस बैंकमा रुपैयाँ राख्न खोज्छन्, तर बैङ्कमा राखिएको रुपैयाँ नै गायब भएको एक तथ्य फेला परेको छ ।

यो घटना सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाको हो । खण्डेश्वरी ८ का लक्ष्मणसिंह धामीको बचत हिसाव नं. ४०९०००३२७०१० खातामा रहेको २० लाख ३० हजार रुपैयाँ गायब भएको खबर सार्वजनिक भएको हो ।

प्रभाक नाममा २० लाख ३० हजार रुपैयाँ २०७१ माघ १० गते झिकिएको छ भने माघ १९ गते पुन २ लाख रुपैयाँ धामीको खातामा रकम जम्मा गरिएको छ । यसअघि ०७१ पुष १८ गते हिमाल भन्ने व्यक्तिको नाममा १६ लाख रुपैयाँ सोही खाताबाट झिकिएर कारोबार गरिएको छ । सो रकम पुष २७ गते धामीको खातामा जम्मा गरिएको छ ।

स्वास्थ्य चौकी खण्डेश्वरीबाट गतवर्ष सेवा निवृत धामीले आफ्नो जागिरे दौरानको सुरुवातीदेखि पेन्सन, उपदान सबै रकम आफ्नो बैंक खातामा जम्मा गरेका थिए । ०७२ माघ २९ गते धामीले बैङ्कमा गएर बैङ्क चेक साट्न खोज्दा रकम नभएको खबर पाएपछि उनी आत्तिएका थिए ।

खातामा रकम नभएको जानकारी पाएपछि उनले बैंक स्टेटमेन्ट मागेका थिए । उनको खातामा जम्मा ८१ हजार ४ सय २७ रुपैयाँ ४५ पैसा बचत छ भनेर भन्दा आफू निकै आत्तिएको धामीले बताए । उनले भने- ‘जिन्दगीभरीको कमाईले धनगढीको गेटामा घर लगाउने तयारी गरेको थिए । यो खातामा रुपैयाँ छैन भनेर चेक नसाटिएपछि आफूले रकमको खोजी गरेको हुँ ।’

‘हरेक पटक रकम साटिएको चेकमा लेख्ने गरेको कारण आफूलाई रकमबारे जानकारी भयो उनले भने– ‘आफूले चेकको प्रत्येक पाना अनि स्टेटमेन्ट हेरेपछि रकम अर्कैले लगेकोबारे थाहाँ भयो ।’

धामी भन्छन्– बैंकले यस्तो गल्ती गर्छ भने कसरी विश्वास गर्ने ? आफूलाई काट्दै नकाटेको चेकको रकम कारोबार भएको छ । निकै संकास्पद छ, थोरै थोरै समय कारोबार गरेर पुनः जम्मा गर्ने गरिएको पाइएको छ ।

पछिल्लो २० लाख ३० हजार रुपैयाँ जम्मा गर्नमा ढिलाइ भएको कारण रकम गायब भएको खुलेको छ । धामीले पटक पटक काटेका चेकहरु हेर्दा रकम कारोबार नभएको देखिएको छ । तर बैंकले उनको खाताको रकम पटक पटक झिक्दै राख्दै गरेको पाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका शाखा सहायक प्रबन्धक तोइराज बडु भने, भुलबस रकम अर्कैको खातामा पोष्टिङ भएको बताउँछन् । ‘रकम अर्कैको खातामा गएको जानकारी आएको छ बडुले भने– ‘एक हप्ताभित्र खातामा सबै रकम जम्मा गरिदिन्छौं ।’ बैंकले ती ग्राहकसँग एक हप्ता समय माग गरेका छन् । अरुकै खातमा पोष्टिङ भएको भए समय किन माग गरियो धामीले भने ।

उनको भनाईलाई आधार मान्ने कारण भने केहि छैन । भुलबस अर्कै खातामा पोष्टिङ भयो भने पटक पटक कारोबार भएको छ । यसरी बैंक कर्मचारीबाटै ग्राहकका खाताको रकम कारोबार हुने गरेको यो घट्नाले देखाएको छ । लामो समयसम्म बैंक स्टटेमेन्ट ननिकाल्ने बैंङ्कीङ कारोबार नगर्नेहरुको खाताबाट रकम झिक्दै कारोबार भएको देखिन्छ ।