१५ कार्तिक २०८३, आइतबार

७ वर्षीया बालिका बलात्कार गर्ने सरदार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morang_districtमोरङ, २ फागुन । मोरङमा बालिका बलात्कार गर्ने सरदारलाई प्रहरीले पक्रेको छ ।

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दारभैरिया–७ बस्ने १८ बर्षीय सुनिल सरदारलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सरदारले आइतबार सोही ठाउँ बस्ने ७ बर्षीया बालिकालाई उखुघारीमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । पीडित बालिकालाई उपचारको लागि कोशी अंचल अस्पताल पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।