१५ कार्तिक २०८३, आइतबार

कुरा नमिलेपछि डोटीमा श्रीमानले गरे श्रीमतीको हत्या, लास खेतमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-jilla

डोटी, २ फागुन । डोटीमा एक महिलाको आफ्नै श्रीमानबाट हत्या भएको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गाजरी–२ बस्ने ४५ बर्षीय महा कुँवरलाई प्रहरीले आइतबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कुँवरले शनिबार राति घरायसी विवादमा ४३ बर्षीया श्रीमती गंगा देवी कुँवरलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी हत्या गरेर लास घरदेखि ५ सय मिटर टाढा खेतमा लगेर फालेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।