
काठमाडौं, २ फागुन । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत पराजित भएको छ ।
आइतबार मिरपुर मैदानमा भएको फाइनलमा वेस्ट इन्डिजले उपाधिको बलियो दावेदार रहेको भारतलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक युवातर्फको विश्वकप क्रिकेटको उपाधि जितेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको वेस्ट इन्डिजले तीन बलको खेल बाँकी छँदा पाँच विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै लक्ष्य भेट्टायो ।
वेष्ट इन्डिजको जितमा केसी कार्टी र केमो पउलले महत्वपूर्ण पारी खेले । केसीले ५२ र केमोले ४० रन बनाएर नटआउट रहे । उनीहरूले ६९ रनको निर्णायक साझेदारी गरे ।
त्यसअगाडि वेस्ट इन्डिज पाँच विकेट गुमाएर ७७ रनको खराब स्थितिमा रहेको थियो । भारतका लागि सरफराज खानले सर्वाधिक ५१ रन बनाए ।
यसअघि आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।















प्रतिक्रिया