१५ कार्तिक २०८३, आइतबार

नेपालका हिन्दू जनतालाई बाबा काशिनाथको आह्वान, बराहक्षेत्रमा सुरु गरे शुभकार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

babaकाठमाडौ, २ फागुन । सुनसरी जिल्लामा रहेको प्राचिन हरिद्वार बराहक्षेत्र विकास र पुर्ननिर्माणमा एक्लै होमिएका बाबा काशिनाथ धमला गिरीले आफ्नो अभियानमा सहयोग गर्न आब्हान गरेका छन् ।

बाबले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हिन्दू धर्ममा कुनै पनि शुभकार्य गर्दा पहिला गणेशको पूजाअर्चना गर्नुपर्ने भएपनि बराह क्षेत्रमा गणेश मन्दिर नरहेकोले आफू निर्माणमा लागेकोमा पछिल्लो समयमा रकम अभावले त्यसलाई पूर्णता दिन नसकेकोले सहयोगको लागि आब्हान गन आएको बताए ।

उनले यसअघि त्यहाँ गंगामाता र सरस्वतीको मन्दीर बनाईसकेका छन । उनले त्यही आगन्तुकहरुकोलागि सानो निशुल्क बस्ने र खाने ब्यवस्था समेत गरेका छन । बराहक्षेत्र समितिले चलाएको धर्मशालामा भने पाँच सय रुपैया दिएर बस्नु पर्ने हुन्छ ।

उनले आफ्नो अभियानमा सहयोग गरे त्यहाँ दर्शनार्थीहरुलाई निशुल्क खान बस्ने ब्यवस्थासहितको धर्मशाला, बृद्धाश्रम, मन्दीर र अस्पताल निर्माण गर्ने योजना रहेको सुनाए ।

सहयोग गर्नेहरुले आफूलाई ९८६०७५०६३१ मा टेलिफोन गर्न वा राष्ट्रिय बाणिज्य बैंक धरान शाखामा रहेको खाता नम्बर २१६००३२८९६१० मा पठाउन सक्ने जानकारी दिए ।