३० आश्विन २०८३, शुक्रबार

आकासियो सुनको भाउ, यो हप्ता साढे दुई वर्षयताकै महंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं २ फागुन । यो हप्ता नेपाली बजारमा सुन भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको शुक्रबार साढे दुई वर्षयताकै महंगो हुँदै सुनको मूल्य ५५ हजार ५ सय पुगेको छ । नाकाबन्दी छदा ५० हजार भन्दा कममै स्थिर रहेको सुनको भाउले नाकाबन्दी खुलेसँगै आकाश छोएको हो । यो हप्ताको ५५ हजार ५ रुपैयाँ बराबरको मूल्य २०७० कात्तिक ४ गते थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दै जान थालेकाले त्यसको असर नेपालमा पनि परेको बताए । उनका अनुसार एक सातायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ८८ अमेरिकी डलरले बढेको छ ।

बिहीबारको तुलनामा सुन शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेको शाक्यले बताए । उनका अनुसार बिहीबार प्रतितोला सुन ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

उक्त हप्ताभरी सुनको मूल्य स्थिर रहेन् । आइतबार प्रतितोला ५३ हजार ३ सय, सोमबार घटेर ५३ हजार, मंगलबार बढेर ५४ हजार पुगेको थियो । बुधबार भाउ स्थिर भए पनि बिहीबार बढेर ५४ हजार ५ सय र शुक्रबार बढेर ५५ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै, चाँदीको भाउ पनि एक सातामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । आज सुनको भाउ स्थिर छ ।