१५ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुमा नविनालाई बहुमत, देशभरका पूर्व स्ववियु सभापतिको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lamaकाठमाडौं, १ फागुन । नयाँ नेतृत्व चयनका लागि राजधानीमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२ औं महाधिवेशनमा संस्थापन पक्ष बोलियो देखिएको छ ।

अनेरास्ववियुमा नेतृत्व लिन संस्थापन पक्षबाट नविना लामा प्यानल मैदानमा छ । यसैगरी नेपाल पक्षबाट दिपक गौतम प्यानल मैदानमा छ । विभिन्न सर्वेक्षण र समर्थनका आधारमा संस्थापन पक्ष बोलियो देखिएको अनेरास्ववियुका नेताहरु बताउँछन् ।

यसैक्रममा अनेरास्ववियुका देशभरीका पूर्व स्ववियु सभापतिहरुले पनि संस्थापन पक्षतर्फका उम्मेदवार नविना लामालाई समर्थन गरेका छन् । शनिबार सञ्चारकर्मीमाझ पूर्व सभापतिहरुले संयुक्त रुपमा लामालाई समर्थन गरेको जानकारी गराएका छन् ।

उनीहरुले संगठनमा महिला प्रतिनिधित्व र संगठनलाई गुटबाट मुक्त गराउन लामा सक्षम तथा योग्य व्यक्ति भएकाले विना कुनै स्वार्थ समर्थन गरिएको बताए । उनीहरुले भने- ‘हामीहरुले गुटगत रुपमा होइन्, संगठनको हित हेरेर उहाँलाई समर्थन गरेका हौं ।’

संस्थापन पक्षका उम्मेदवार नविना लामालाई समर्थन गर्ने पूर्व स्ववियु सभापतिहरुमा राजीव पहारी, नरेन्द्र ढकाल, आनन्द कुमार श्रेष्ठ, बालगोपाल उपाध्याय, विदुर सुब्बा, पदम गिरी, टेकराज पछाइ, पुण्य ढुंगेल, विजय राई, प्रभातविक्रम कटुवाल, रश्मी आचार्य, रेखा थपलिया, कमल बस्नेत, तुलसीराम मैनाली, झपेन्द्र खत्री, रामकृष्ण घिमिरे, कमल सुनुवार, अशोक ठकुरी, अमृता बराल, सागर थापा, ऋषिकेश पोखरेल रहेका छन् ।

यसैगरी निशा अधिकारी, टेकेन्द्र बस्नेत, यज्ञराज ढुंगाना, विजयविराज विष्ट, नरबहादुर धामी, कमला बोहोरा, बसन्त बानिया, टिका घिमिरे, तेजविक्रम बस्नेत, चतुरभोज शाही, सूर्य रोकाया, टिका थापा, यमराज पाण्डे, सन्दिप विक, ज्ञान बहादुर केसी लगायतले पनि लामालाई समर्थन गरेका छन् ।

अनेरास्ववियुको भावी नेतृत्वका लागि आइतबार बेलुकादेखि निर्वाचन सुरु हुने बताइएको छ । नेतृत्व सर्वसम्मतबाट चुन्ने प्रयास गरिएपनि सफल हुन नसकेको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए ।