१ कार्तिक २०८३, शनिबार

अमेरिका बेलायत सहितको इयू हुनुपर्ने पक्षमाः विदेशमन्त्री केरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

john_kerry--621x414म्यूनिक (जर्मनी), १ फागुन । संयुक्तराज्य अमेरिकाले बेलायत युरोपियन युनियन (इयु) मा रहनुपर्ने पक्षमा आफ्नो धारणा ल्याएकोे छ ।

शनिबार जर्मनीको म्यूनिकमा आयोजित एक पत्रकार भेटमा बेलायतले जनमत सङ्ग्रह मार्फत संयुक्त अधिराज्य इयूमा रहने वा नरहने भन्ने बिषयमा टुङ्गो लगाउन लागेका वेला अमेरिकी विदेशमन्त्री जोन केरीले जनमतको नतिजा बेलायत सहितको इयूको पक्षमा आउने विश्वास व्यक्त गर्नुभएको हो ।

“पक्कै पनि संयुक्तराज्य अमेरिका मजबुत बेलायतसहितको मजबुत युरोपेली युनियनको पक्षमा रहोस् भन्ने गहिरो चाहना लिनेछ”– विदेशमन्त्री केरीले बताउनुभयो । रासस÷एएफपी