१ कार्तिक २०८३, शनिबार

सुकी राष्ट्रपति बन्न पाउने विषयमा वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Myanmar's National League for Democracy Party leader Aung San Suu Kyi speaks to media about upcoming general elections in Yangon

काठमाडौ, १ फागुन । म्यानमारमा गएको नोभेम्बर ८ मा सम्पन्न भएको आमनिर्वाचनबाट आएको संसदको बैठक सुरु भएको छ ।

सो संसदमा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रपति पदमा उम्मेदवार बन्न पाउने अधिकार हाल छैन ।

त्यस बारेमा छलफल सुरु भएको बताइएको छ । म्यानमारको सो निर्वाचनमा सुकीको दलले प्रचण्ड बहुमत हात पारेको छ । सोही बमोजिम सभामुख र अन्य पदहरुमा भने सो दलले छान्ने नै छ ।

तर पनि जनताले गरेको प्रजातन्त्रको सङ्घर्षसँगै सो प्रजातन्त्रको लागि कठिन युद्धमा होमिएकी त्यहाँका प्रख्यात नेत्री साङ् सान सुकीलाई राष्ट्रपतिको रुपमा हेर्ने चाहना जनताको हुदा हुदै पनि आजका मितिसम्म भने सो सम्भव देखिएको छैन ।

विदेशीसँग विवाह गरेको व्यक्तिले कार्यकारी पद सम्हाल्न नपाउने संविधानमा प्रावधान राखेर उहाँलाई बञ्चित गराइएको थियो ।

त्यहाँको सैनिक सरकारले यसअघि राखेको प्रावधान अहिले पनि जारी नै छ र सोही कानुनी प्रावधानबाट नै उहाँ राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक लगाइएको कानुन विद्यमान नै छ ।
सुकीलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक लगाउने संविधानको प्रावधान खारेज गर्ने विषयमा म्यानमारमा हालै वार्ता सुरु भएको छ ।

सो वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएकोले सुकीलाई म्यानमारको राष्ट्रपति देख्न पाउने जनताको आशा पूरा हुन पनि सक्ने अनुमान सर्वत्र गरिएको छ ।

करिब साढे दुई दशकपछि भएको प्रजातान्त्रिक तवरको आमनिर्वाचनपछि निर्माण भएको संसदको पहिलो संयुक्त अधिवेशन केही दिनअगाडि नै सुरु भएको छ ।

सो संयुक्त अधिवेशनकै क्रममा आगामी राष्ट्रपतिको निर्वाचनका लागि आगामी मार्च महिनामा निर्वाचन गर्ने तय भएको छ ।

आगामी मार्च महिनाको १७ तारिखमा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको म्यानमारको संयुक्त संसद बैठकका सभामुखले जानकारी दिएका छन्

गत आमनिर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत हासिल गरेको छ । यस अघि पनि सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचन नै तोकिएको थियो ।

तर पनि षड्यन्त्रपूर्वक रूपमा उहाँलाई सैनिकको थुनामा बस्नुपरेको थियो । उहाँले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतीत गर्नुप¥यो र हाल आएर भने उहाँको दलले नै आम निर्वाचनमा बहुमत हासिल गरेका सेना समर्थक सरकारले स्विकार गरेको हो ।

संसदको बैठक सुरु भइसकेको छ र राष्ट्रपतिको निर्वाचनको मिति पनि तय भई नै सकेको छ । तर पनि सधैँजसो विश्वको ध्यान तानिरहेको म्यानमारमा यतिखेर पनि राष्ट्रपति को होला भन्ने विषयले प्राथमिकता पाएको बताइएको छ ।

तर यसैबीच सुकीलाई ज्यान मार्ने धम्की आएको बताइएको छ । सुकी राष्ट्रपति बन्ने गरी सबिधान परिवर्तन हुन सक्ने सम्भावना रहेपछि उहाँमाथि खतरा बढेको बताइएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलजाई ज्यान मार्ने धम्की आएपति म्यानमार प्रहरीले पहिलो पटक सुरक्षा दिने निर्णय गरेको छ । रासस/एएफपी