१ कार्तिक २०८३, शनिबार

उपेन्द्रको नयाँ प्रस्तावले हङ्गामा, प्रस्तावमा के छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadavकाठमाडौं, १ फागुन । संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले फेरि मधेसी मोर्चालाई फसाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले संविधान पुनः लेखन गर्नुपर्ने बताउनुभएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव राखेर प्रधानमन्त्री ओलीले जनता झुक्याउने कार्य गरेको यादवले बताउनुभयो ।

‘भारत गएका बेला मुख देखाउनका लागि संयन्त्र बनाउन लागिएको हो । भारतमा गएर नेपालभित्रको राजनीतिक समस्या मिल्यो भन्ने देखाउन संयन्त्रको प्रस्ताव भएको छ । यो सब झठ हो’, उहाँले भन्नुभयो, ‘यो संविधानलाई पुनः लेखन नगर्दासम्म हामीले मान्दैनौँ ।’

अहिलेको संविधान खसआर्यको एकल संविधान रहेको भन्दै अध्यक्ष यादवले क्षेत्री बाहुनको चर्को विरोध गर्नुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘राजनीतिक संयन्त्र बनाउने हो भने बनाउनुस् । हामीलाई भन्नु केही छैन । तर संविधान पुनः लेखन गर्नै पर्छ । हामीले मान्दैनौँ ।’

उहाँले अहिलेको संविधान कामै नलाग्ने बताउनुभयो । ‘जे जे मन लाग्छ गरे हुन्छ’, यादवले भन्नुभयो, ‘उखान टुक्के प्रधानमन्त्रीलाई मुलुक नडुबाउन भनेकै छौँ । जनता नमार भनेकै छौँ ।’

संविधान पुनः लेखनको विषयमा मधेसी मोर्चाभित्र पनि दुई धार देखिएको छ । यो विषयमा उपेन्द्र एक्लिएको स्रोतको भनाइ छ ।