७ कार्तिक २०८३, शनिबार

पदक विजेत खेलाडीहरू पैसा नभएर बेखर्ची, कसले बनायो बाटोमा अलपत्र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagकाठमाडौं, १ फागुन । दस दिनअघि झापाको काँकडभिट्टा हुँदै भारत जाँदै गर्दा उनीहरुका अनुहारमा आत्मगौरवको भाव छल्किएको देखिन्थ्यो ।

कुनै पनि खेलाडीले जीवनमा देख्ने सबैभन्दा ठूलो सपना भनेको मुलुककको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हो । उनीहरुको सपना पूरा हुँदै थियो । झापामा आयोजित बिदाइ कार्यक्रममा उनीहरु हँसिला देखिन्थे ।

त्यो उत्साह परिणाममा परिणत हुँदा १२ औँ दक्षिण एसियाली खेलकुदमा उसुका ती खेलाडीले सबैभन्दा बढी पदक ल्याए । स्वर्णपदकको खाता खुलाएनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

भारतबाट विजयी उमंग लिएर फर्किएका तिनै खेलाडी शुक्रबार बाटैमा अलपत्र अवस्थामा भेटिए । उनीहरु बिरामी थिए, बेखर्ची थिए ।

भारत जाँदै गर्दाको त्यो असिम उत्साह देखिएको अनुहारमा तनाब र अस्वस्थता मडारिइरहेको देखिन्थे । पदक जितेर आएको मुहारमा विजयी मुस्कान थिएन, मलिन देखिन्थे सबैका अनुहार ।