१ कार्तिक २०८३, शनिबार

सत्तारुढ दलका उपाध्यक्षको बीच बजारमा गोली हानेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bihar_650x425_021216072718

काठमाडौं, २९ माघ । सत्तारुढ दलका उपाध्यक्षको हत्यापछि विहारमा उत्पात मच्चिएको छ ।

जहाँको आरा जिल्लामा शुक्रवार बीजेपी नेताको गोली हानेर हत्या गरिएको छ । बीजेपी भारतको सत्तारुढ दल हो । बीजेपीका विहार प्रदेश उपाध्यक्ष विशेश्वर ओझाको भोजपुरमा गोली हानेर हत्या गरिएको हो ।

प्रहरीका अनुसार ओझाले बीजेपीबाट २०१५ को विधानसभा चुनाव लडेका थिए । जसमा उनको हार भयो । ओझामाथि कैयौ आपराधिक घटना दर्ता छन् । यो घटना आपसी विवादमा हुनसक्ने प्रहरीको अनुमान छ ।

विहार प्रहरीले भनेको छ– भोजपुरको सोनवर्षा बजारमा ओझालाई दिनदहाडै गोली हानिएको थियो । गोली लागी घाइते उनको पटनास्थित पीएमसीएच अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो ।

ओझाको हतयापछि बीजेपीका कार्यकर्ता आगो बनेका छन् । उनीहरुले चाँडो भनदा चाँडो दोषी पत्ता लगाउन माग गरेका छन् । पार्टी नेता मंगल पाण्डेले चेतावनी दिँदै ७२ घण्टाभित्र दोषीलाई पक्राउ नगरे कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । राज्यका अपर पुलिस महानिर्देशक (मुख्यालय) सुनील कुमारले घटनाको अनुसन्धान भइरहेको बताएको भारतीय च्यानले आजतकले उल्लेख गरेको छ ।