
धरान, २९ माघ । आठौँ रोट्रयाक्ट डिस्ट्रिक्ट सम्मेलन धरानमा हुने भएको छ । सुनसरीको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र हुने भएको हो ।
फागुन ७ र ८ गते हुने सम्मेलनमा बर्ष २०१७र१८ को डिष्ट्रिक रोट्रयाक रिप्रेजेन्टेटिवको चयन हुने कार्यक्रम छ । सम्मेलनमा डिस्ट्रिक्ट नं ३२९२ भित्रपर्ने ११वटा जोनका बिभिन्न क्लबहरुको सहभागी हुनेछन । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका बक्ताले “युवा युवाकै लागी” शिर्षकमा प्रेरणामुलक प्रशिक्षण लिने रोट्रयाक डिस्ट्रिक्ट कमिटी ३२९२ का डिष्ट्रिक रोट्रयाक रिप्रेजेन्टेटिव समिर नेपालले जानकारी दिनुभयो ।
सम्मेलन रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोट्रयाक्ट क्लब अफ काष्ठमण्डपले ८ बर्षपछि धरानमा गर्न लागेको हो । यसैगरी २०१६र१७ का डिष्ट्रिक रोट्रयाक रिप्रेजेन्टेटिव सुशिल कार्की नेतृत्वको केन्द्रीय समिती चयन गर्ने कार्यक्रम रहेको रोट्रयाक क्ल्व अफ इटहरीका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिनुभयो ।
यसका साथै युवाका बिभिन्न कलात्मक र सृजनशील कार्यलाई कार्यक्रमले उजागर गर्नेछ । कार्यक्रममा वाकाथोन, साँस्कृतिक साँझ, रोट्रयाक्ट हाजिरीजवाफ, प्रोजेक्टहरुको छलफल,रक्तदान र डेन्टल स्वास्थ्य सेवा आदि जस्ता कार्यक्रमहरु गरिने रोट्रयाक्ट क्लब अफ धरान घोपाका अध्यक्ष दिपेश रोहिताले जानकारी दिनुभयो ।












प्रतिक्रिया