१४ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalikot_districtकालीकोट, २९ माघ । सदरमुकाम मान्मबाट दाहा गाविसतर्फ जाँदै गरेको बा ३९ प ५७३६ नंको मोटरसाइकल आज साँझ सुर्खेत–जुम्ला सडकखण्डको ताडीको भिरमा खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाहा गाविसस्थित बाविरा प्राविका शिक्षक केशबहादुर शाही,स्थानीयवासी गगनबहादुर शाही र मोटरसाइकल चालक कैलाली घर भई हाल दाहा मोल्फास्थित एक निजी विद्यालयका शिक्षक सन्दीपसिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरीका अनुसार एकै मोटरसाइकलमा तीन जना सवार भई तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएदेखि हालसम्म करिब ५० जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ । रासस