१४ कार्तिक २०८३, शनिबार

‘अझै पनि भारतले नाकाबन्दी गर्न सक्ने सम्भावना छ, चीनलाई लात नहान्नुस्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli & bijukchya meets
नेमकिपाका नेतासँग प्रधानमन्त्री ओली

भक्तपुर, २९ माघ । यहाँका सांसदले प्रधानमन्त्रीलाई भारत भ्रमणका बेला नेपालको हितविपरीत सन्धिसम्झौता नगर्न आग्रह गरेका छन् ।

जिविस भक्तपुरले आज यहाँ आयोजना गरेको आव २०७३/०७४ को एकीकृत योजना तर्जुमा गोष्ठीमा नेमकिपा विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवालले यसअघिका सरकारले भारत भ्रमणमा नेपालको हितविपरीत कुनै काम गर्दैनौं भने पनि कुनै न कुनै विषयमा नेपालको हितविपरीत सम्झौता गरेर आएको हामीसँग प्रमाण छ, अब जस्तोसुकै परिस्थितिमा पनि प्रधानमन्त्रीले भारतसँग नेपालको हितविपरीत कुनै सम्झौता गर्नुहुन्न भन्ने विश्वास छ ।

उहाँले अगाडि भन्नुभयो– अब भारतको मात्रै मुख ताक्ने होइन्, यो सरकारले चीनलाई लात नहानोस् । सम्बन्ध अगाडि बढाओस् ।

“भारतले नेपालको पानी कब्जा गर्न ग्यास र तेलको राजनीति गर्न खोजेको छ, अझै पनि भारतले नाकाबन्दी गर्न सक्ने सम्भावना छ”–उहाँले भन्नुभयो । कार्यक्रममा एमालेका सांसद केदार सञ्जेल र नेमकिपाका सांसद अनुराधा थापा मगरले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतसँग नेपालको हितविपरीत कुनै पनि सम्झौता नगर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । रासस