१४ कार्तिक २०८३, शनिबार

राउटे मुखियालाई प्रधानमन्त्रीले दिए विशेष उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raute

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राउटे मुखिया तथा उनीहरूका परिवारलाई जुत्ता सहित कपडा उपहार दिनुभएको छ ।

चाडबाड मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका वीरबहादुर शाही, सूर्यनारायण शाही र दिलबहादुर शाहीलाई प्रधानमन्त्री ओलीले आज सो उपहार दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उनीहरूलाई जङ्गल छाडेर समाजमा आई आधुनिक जीवनशैली अपनाउन आग्रह गर्दै त्यसका लागि उनीहरूलाई राज्यबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

नेपालका फिरन्ते राउटे जातिको बसोबास दैलेख र अछामको जङ्गल क्षेत्रको आसपासमा छ ।