
– विमल योगी
काठमाडौं, २९ माघ । पाँच महिनादेखि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा झन बोलियो शक्ति बनेको छ ।
तराईमा अर्काेतर्फ आन्दोलन गरिरहेको मधेसी गठनबन्धन सम्बद्ध तीन दल शुक्रबार मोर्चामा समावेश भएपछि मधेस आन्दोलनको नेतृत्वकर्ताको महागठबन्धन बनेको हो ।
अब मधेसी मोर्चा ७ दलसहित ठूलो मोर्चा बनेको हो । साथै शक्तिशाली मोर्चाका रुपमा चिनिएको छ । यसअघि मोर्चा र गठबन्धनले छुट्टाछुट्टै आन्दोलन गर्दै आएका थिए ।
मधेस आन्दोलन मत्थर भएका बेला बनेको यो महागठबन्धनलाई महत्वका साथ हेरिएको छ ।
सदभावना पार्टीका महासचिव मनीष सूमनले गठनबन्धमा रहेका चारमध्ये तीन दल मोर्चामा समावेश भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘तीन वटा दललाई मोर्चाले सदस्यता दिएको छ । उनीहरुले मधेसी मोर्चाको आन्दोलन र एजेण्डामा ऐक्यबद्धता जनाएका छन् ।’
उहाँले अब मधेस आन्दोलनलाई निर्णायक बनाइने र प्रमुख दलहरुको घुँडा टेकाएरै छाड्ने दाबी गर्नुभयो ।
शुक्रबार तमलोपाको केन्द्रीय कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले गठबन्धनमा आबद्ध शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव नेतृत्वका पार्टीहरूलाई सदस्यता प्रदान गरेको हो ।
अब ७ दलसहित बोलियो बनेको मोर्चामा सांसदको संख्या करिब ४० पुगेको छ । मोर्चाको बैठकमा सबै शीर्ष नेताहरुको सहभागिता थियो ।
हेर्नुस् विज्ञप्तिः













प्रतिक्रिया