
महोत्तरी, २९ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान कुनै पनि हालतमा पुनः लेखन नहुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घको प्रदेश नं २ को प्रथम प्रादेशिक भेलाको आज बर्दिवासमा उद्घाटन गर्दै संविधान जारी भएपछि देश नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।
मन्त्री पोखरेलले हालको संविधान सामाजिक न्यायका पक्षमा विशवमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
उहाँले पत्रकारले जनतालाई सुसूचित गराउन सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । रासस












प्रतिक्रिया