
मेक्सिको सिटी, २९ माघ । उत्तरी मेक्सिकोको मोन्टेरेए सहरमा बिहीबार एक कारागारमा भएको आगलागीपछिको भागदौडमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको बताइएको छ ।
आगलागी बिहीबार भएको थियो । स्थानीय सञ्चारमाध्यमले बिहीबार त्यस थुुनुवा घरमा आगो लागेको र त्यसमा परी ३० जनाको ज्यान गएको जनाएका थिए ।
तर बिहीबार रातिसम्ममा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको जानकारी दिइएको छ । अरु केही घाइते रहेका छन् ।
स्थानीय समयाअनुसार बिहीबार १२ः३० बजे बिहान टोपोचिको जेलमा आगलागी सुरु भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।
सो आगलागीमा परेर ३० देखि ४० व्यक्ति घाइते भएका नुएभो लेआन राज्यका गभर्नर जैमे रोदरिगुएजले बताउनु भएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मेक्सिकोको राष्ट्रिय मानवअधिकार विभागले मेक्सिकोका कारागारामा अत्यन्त साँघुरो र कष्टपूर्ण अवस्थामा बस्नुपर्ने अवस्था रहेको बताएको छ ।
कारागारको क्षमताभन्दा कैदीको सङ्ख्या अत्यन्तै धेरै रहेकोले पनि त्यहाँका कैदीले निकै अप्ठेरोसँग बस्नुपर्ने अवस्था रहेको जानकारी सो बिभागले दिएको छ । रासस/एएफपी















प्रतिक्रिया