वीरगन्ज, २९ माघ । तरकारीको मूल्य नपाउँदा बारा र पर्साका किसान चिन्तित भएका छन् ।
आलुखेती यहाँका किसानका लागि मुख्य आम्दानीको स्रोत हो । आलुकोे बजार मूल्य प्रतिक्विन्टल रु एक हजार १०० देखि रु एक हजार ४०० सम्म रहेको छ । गत वर्ष बिक्री मूल्य रु एक हजार ५०० देखि रु एक हजार ८०० सम्म रहेको थियो ।
मागभन्दा बढी आलु बजारमा आउन थालेपछि मूल्यमा कमी आएको व्यापारीहरु बताउँछन् । जिल्लाको हर्दियाका देवेन्द्र सहनी सरकारले आलुको न्यूनतम मूल्य निर्धारण नगरेका कारण किसान सस्तोमा आलु बेच्न बाध्य भएको बताउनुहुन्छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष जिल्लामा करिब एक हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा प्रतिहेक्टर १६ क्विन्टल आलु उत्पादन भएको थियो । रासस















प्रतिक्रिया