
– सुवास पण्डित
तनहुँ, २९ माघ । तनहुँ जिल्लाको मिर्लुङ रतनपुरका स्थानियवासीन्दा बिभिन्न प्रजातिका १० हजार बिरूवाहरु रोपेका छन् ।
आयआर्जन दिने र काठका लागि उपयोगी हुने बिरूवाहरू स्थानियले आफ्नो नीजि खाली तथा आवादी भैरहेको जग्गामा अभियानको रूपमा रोपेका हुन् ।
जिल्ला बन कार्यालय तनहुँ, हरियो वन नेपाल तथा इँटाका इन्ष्ट्रिच्युट फर क्लाइमेट नामक एक गैर सरकारी सँस्थाको आर्थिक सहयोगमा रतनपुरमा वृक्षारोपण गरिएको हो । गत असार ३ गतेबाट रतपनुरका ३७ घर परिवारले अभियानका रूपमा रोपेका बिरुवाहरू झण्डै २ मिटरसम्म अग्ला भएका छन् ।
स्थानियहरूले तेजपत्ता, चाप, बकाइनो, बढर, टाँकी, किम्बु, जस्ता बिरूवाहरू रोपेका छन् । बढ्दो समस्यामा रूपमा देखिएको बनमासा घाँसलाई काट्ेर खाडल बनाई त्यसमा आगो लगाएर गाई वस्तुको पिसावले निभाएर बायचर मल बनाई बिरूवा रोप्ने खाड्लमा हालिएको थियो । “यस्तो मल निकै राम्रो हुदो रहेछ बिरूवाहरु पनि सप्रिएका छन”् एक स्थानिय बाबुराम पण्डितले भने, “बायचर मल हालेर लगाएका काक्रो, घिरौला, चिचिण्नो र लौका यस बर्ष असाध्यै फले । गाऊघरमा फालाफाल नै भयो, कतिले गोवर ग्याँसमा समेत हाले ।”

स्वीजरल्याण्डबाट आएका नागरिक हेन्स पिटरले बायचर मल बनाउन गाँउलेहरूलाई सिकाएका थिए । मिर्लुङको रतनपुरलाई नेपालकै पहिलो “बायचर भिलेज” बनाउने भन्दै अभियान पनि थालिएको छ । यो अभियान गाँउकै स्थानिय डा. बिष्णुहरि पण्डितले थालेका हुन उनकै सक्रियाता अहिले गाँउमा वृक्षारोपण कार्यक्रम थालिएको हो । बिरूवा रोप्न प्रति खाडल रु १० का दरले १ लाख ९ सय ४० रूपैया स्थानियलाई दिइएको थियो ।
कतिले खेतला लगाएर त कतिले आफैले खाडल खनेर बिरूवा रोपे, स्थानिय समाजसेवी उत्तम प्रकाश पण्डितले भने, “हामीले १० हेक्टर क्षेत्रफलमा बिरूवा रोपेका छौं, संरक्षण पनि निकै राम्रोसँग गरेका छौं ।” स्थानियहरूले नीजि पैसामा प्रति गोटा रू ६० मा रूद्राक्ष ३५० बिरूवा र पाउलानीयाका बिरूवाहरू पनि रोपेका छन् ।

पाउलानीया १० बर्षमा सफ उड बनाउन तयार हुने र तेजपत्ता ३ बर्षमा नै टिप्नका लागि तयार हुने पण्डितले बताए । लगाइएका बिरूवाहरू पानीको अभावमा नमरून् भन्नका लागि २ मिटर लम्वाई, १.५ मिटर चौडाई र १ मिटर गहिराई भएको प्लाट्रिकका १४ वटा पोखरीहरू निर्माण गरिएको छ । “पोखरीमा पानी जम्मा गरि बिरूवामा हाल्ने गरिन्छ,” १२ सय २५ बिरूवा नीजि वारीमा रोपेका स्थानिय प्रकाश पण्डितले भने, “हामी ५ जनाले आ आफ्नो नाममा यसलाई नीजि बनमा समेत दर्ता गरिसकेका छौ ।”
बिरूवाको परिक्षणः

के कसरी माटो, मल मिसाउदा र कसरी रोप्दा बिरूवाहरू राम्रो उत्पादन लिन सकिन्छ भनेर आलु, तेजपत्ता र किम्वुको ट्रायल गरिएको छ । तेजपत्ताको ८० बटा बिरूवाहरू बिभिन्न ८ तरिकाबाट परिक्षणका लागि रोपिएको छ । यस्तै किम्वुका २८ बिरूवालाई परिक्षणका रूपमा बिभिन्न तरिकाले रोपिएको छ । यस्तै आलुलाई ४ तरिकाबाट माटो, पानी, मल, गहिराई, समयावधि आदीका आधारमा ट्रायलका रूपमा रोपिएको छ ।
५ लाखको तेजपत्ताबाट तेल बनाउने मेसिनः
स्थानिय गाँउलेहरूले उत्साहपूर्वक खेती गर्दै आएको जमिनमा समेत तेजपत्ता जस्ता बिरूवाहरु रोपेर अभियान थालेपछि यसको अगुवाई गरिरहेका बिष्णुहरी पण्डितले करिव ५ लाख रूपैया पर्ने तेजपत्ता पेलेर तेल बनाउने मेसिन गाँउमा भित्राएका छन् । यसको सफल परिक्षण पनि गरिसकिएको छ । गाँउमा यसअघि नै तेजपत्ता लगाएका घर घरबाट रु ४० मा सुकेको तेजपत्ता किनेर ल्याएर तेल बनायौ, पण्डितले भने, तेजपत्ताको १ लिटरको बजार मुल्य ८ हजार छ । झण्डै ९० केजी सुकेको तेजपत्ताबाट १ लिटर तेल निस्कन्छ । तेल निकालिसकेपछिको कच्चा पर्दाथबाट तेजपत्ताको धुलो मसला बनाइने उनले जानकारी दिए । गाँउमा यस्तो अभियान चलेपछि गाँउलेहरू निकै उत्साहित बनेका छन् ।












प्रतिक्रिया