७ कार्तिक २०८३, शनिबार

सुशीलको अन्त्येष्टि नहुँदै बालुवाटारले माग्यो गाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-gadi-660x330काठमाडौं, २९ माघ । पूर्वप्रधानमन्त्रीको रूपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ ।

कोइरालाको पार्थिव शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निजी सचिवालयले गाडी फिर्ता मागेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बालुवाटारका नासु दवाडीले गरेका थिए ताकेता कोइराला चढ्ने बा।६च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजी सचिवालयले ताकेता गरेको थियो ।

सचिवालयमा कार्यरत नायब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगन्जस्थित डा शशांक कोइरालाको घरको ल्यान्डलाइन नं ०१–४०१६२४० मा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए ।

तर, फोन उठाउने सुरक्षाकर्मीले आफन्त सबै कोइरालाको अन्त्येष्टिमा गएकाले तत्काल फिर्ता गर्न गाह्रो भएको जवाफ दिएका थिए ।

बालुवाटारबाट बिहीबार बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरिएपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ ।

सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् । ‘सरकारले सुशील’दालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधाको गाडी दिएको थियो,’ उनले भनिन्, ‘बालुवाटारबाट मागिएपछि आज बिहान फिर्ता गरियो ।’

गाडी फिर्ता नमागेको नासुको दाबी प्रधानमन्त्रीको निजी सचिवालयका नासु दवाडीले गाडी फिर्ता गर्न आफूले फोन नगरेको दाबी गरे । ‘म प्रधानमन्त्रीको निवासको निजी सचिवालयमा काम गर्छु तर, पूर्वप्रधानमन्त्रीको हैसियतमा सुशील कोइरालालाई दिइएको गाडी फिर्ता माग्न फोन गरेको छैन् । प्लिज मैले गरेको होइन ।’

गाडी आयो, तर मागिएको होइन । प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुशील कोइरालाले प्रयोग गरेको गाडी बुधबार बिहान ११ बजे फिर्ता आएको बताए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गाडी फिर्ता नमागेको दाबी उनले गरे । ‘गाडी फिर्ता माग्ने प्रधानमन्त्री कार्यालयले हो ।