१ कार्तिक २०८३, शनिबार

सहकर्मीद्वारा गोली हानेर ६ शिक्षकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolरियाद (साउदी अरेबिया), २८ माघ । दक्षिणी साउदी अरेबियामा आफ्नै सहकर्मीले चलाएको गोलीबाट कम्तीमा ६ शिक्षकको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्ययले जानकारी दिएको छ ।

साउदी अरेबियाली शिक्षा विभागमा भएको यस घटनामा परी अन्य दुई घाइते भएको जनाइएको छ । हत्यारालाई हिरासतमा राखिएको प्रहरी प्रवक्ताले जानकारी दिनुभएको छ ।

राज्यद्वारा सञ्चालित साउदी प्रेस एजेन्सीले यस गोलीकाण्डको प्रतिवेदन भने दिएको छैन । समूहमा गोलीकाण्ड हुने साउदी अरेबियामा साधारण घटनाको रूपमा हुने गरेका पाइन्छ ।

साउदी अरेबियामा केही समयाअगाडि मात्र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहबाट शृङ्खलाबद्ध आक्रमण भएको थियो । रासस/एपी