१४ कार्तिक २०८३, शनिबार

यी हुन गीता राणालाई धम्क्याउँदै पैसा माग्ने व्यक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Promod-Parlhad

काठमाडौँ, २८ माघ । महानगरीय प्रहरी अपराध महाशाखाले धम्क्याएर रकम असुल गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालिका एवं सांसद गीता राणालाई विभिन्न फोन नंबाट फोन गरी पैसा असुल्दै आएका काठमाडौँ महानगरपालिका ठमेल बस्ने ४४ वर्षीय प्रफुल्ल भनिने प्रमोदराज पन्त र बालाजु बस्ने ४२ वर्षीय प्रह्लाद श्रेष्ठलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

अनुसन्धानका सिलसिलामा अभियुक्त श्रेष्ठलाई यही माघ २५ मा नक्सालबाट फिरौती रकम रु ५० हजार सहित र पन्तलाई स्थानीय प्रहरीको सहयोगमा माघ २६ मा पोखराको लेकसाइडबाट पक्राउ गरिएको बताइएको छ । उनीहरुले फिरौती माग गर्न १७ वटा फोन नं प्रयोग गरेको समेत महाशाखाले जनाएको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-

  • प्रफुल्ल भन्ने प्रमोद राज पन्तले बिभिन्न समयमा जाहेरवाला का.जि. का.म.न.पा. २३ ज्ञानेश्वर घर भएकी गिता राणालाई समय समयमा मोबाईल नम्वरहरु ९८५१०२३१८६ , ९८१३२४४७८० , ९८१३२००३०७ ,९८०४२४८८४२ ,९८१८८७०८४३ , ९८४६७३४८८४ , ९८१००८८६८४ , ‍९८०३१३०९०१ , ९८१३९४७९५१ , ९८१८७५२२६० , ९८१५०९१८२९ ,९८११८२८०८५ , ९८०३१३०९३६ , ९८२११७१६९३, +९१९७५९८२२४५२,+ ९१२२२६४२३१३२,+ ९१९७६७५४१४४७८ बाट फोन गरी धाक धम्की दिने कार्यहरु गरी रहेको ।
  • जाहेर वालाले यस कार्यालयमा जाहेर दिए पश्चात यस कार्यालयवाट अनुसन्धान गर्ने क्रममा प्रतिवादी प्रफुल्ल भन्ने प्रमोद राज पन्तले रकम असुल्ने कार्यमा का.जि. का.म.न.पा. १६ वालाजु स्थाई घर भएका वर्ष ४४ को प्रहलाद श्रेष्ठलाई समेत प्रयोग गर्ने गरेको भन्ने खुल्न आएको ।
  • अनुसन्धानको क्रममा निज प्रतिवादी प्रफुल्ल भन्ने प्रमोद राज पन्तलाई मिति २०७२।१०। २६ गते जिल्ला कास्की पोखरा लेक साईडस्थित Hotel Glacier वाट पक्राउ गरेको ।
  • निज प्रतिवादी प्रफुल्ल भन्ने प्रमोद राज पन्तले हाल संचालन गर्दै आएको Horse Show Mountain Resort को पनि भाडा नदिई आफ्नो नियन्त्रणमा राखी बेचबिखन समेत गर्न नदिई धाक धम्की समेत दिने कार्य गरेको भन्ने Resort धनी कृष्ण कमल खत्रीले सुचना दिएको ।
  • साथै पक्राउ परेका प्रतिवादीहरु मध्ये प्रफुल्ल भन्ने प्रमोद राज पन्तलाई नेपाल औधोगिक विकास निगमका तर्फवाट अधिकार प्राप्त शाखा अधिकृत ईन्द्र विक्रम पराजुलीले पेश गरेको ठगी र सरकारी छाप दस्तखत किर्तेको जाहेरीमा मिति २०६५।०५।१९ गते सम्मानित श्री काठमाण्डौ जिल्ला अदालतले २ वर्ष कैद र रु ९१,६३,२५४।– जरिवाना गरेको र निजले गरेको पुनरावेदन मुद्धा पश्चात रु ३ लाख धरौटी खुली हाल विचारधिन अवस्थामा रहेको ।