१४ कार्तिक २०८३, शनिबार

विद्युत प्राधिकरणका हाकिम पनि अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AAkhatiyar vaban

काठमाडौँ, २८ माघ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीविरुद्ध गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उप्रेतीले पदमा बहाल रहँदा आफ्नो पदीय अधिकारको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले भन्दै आयोगले रु चार करोड १८ लाख १० हजार ८०९ बिगो तथा कैद सजाय कायम गरी आरोपपत्र दायर गरेको हो ।

उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा आयोग ऐन, २०४८ बमोजिम जफत गरी पाउन माग दाबी लिई सो प्रयोजनका लागि उप्रेतीकी श्रीमती सन्ध्यालाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ । रासस