१४ कार्तिक २०८३, शनिबार

श्रीमानसँग ठाकठुक परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Udayapurगाईघाट (उदयपुर), २८ माघ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१५ राजाबास बस्ने वर्ष ६० की पानामती दनुवारले आज विष सेवन गरेपछि जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा अपराह्न ३ बजे उनको मृत्यु भएको छ ।

बिहान घरमा श्रीमान्सँग केही विवाद भएपछि विष सेवन गरेकी दनुवारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो । रासस