काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका दिवंगत सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. करवीनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेञ्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारकोलागि अस्पताल लान नसकिएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोवाईल देखाउँदै भने, ‘मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सकोलागि १३ पटक फोन गरे तर फोन उठेन । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरे । मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्सको ल्याऔ भनि सल्लाह गर्दै फोन गरिरहेको थिए । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो । ’
उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गकोको ६०१ नम्बर बेड बुक गरिएको भएपनि कोइरालाको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।
डा.योगीले भने, ‘सुशील दाईले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो । शनिबार अलि गाह्रो भयो भन्नु भयो एण्टिबायोटिक सुरु गरियो । आइतबार बिहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो । उहाँले कमजोर महसुस भयो भन्नु भयो मैले टिचिङ्गको ६०१ नम्बर बेड बुक गरे दिउसो छलफल ग¥यौँ । उहाँले जाउलो खानु भयो ज्वरो पनि थिएन । राती साढे नौ बजे म घर गए । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो । म केही ईन्जेक्सन लिएर गए । उहाँको स्वास्थ्य अवस्था विग्रिएको थियो । तीनबाट ईन्जेक्सन लगाए । गर्दा गर्दै लान भ्याइएन ।’
उनले ईन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले ईन्जेक्सन लगाउन हात निकाल्नु पर्यो भन्दा उहाँले ए बुझे भनेर भनेको विषयलाई अपब्याख्या गरिएको भन्दै ईन्जेक्सन लगाउँदा निस्किएको रगत लुगामा लागेको बताए ।
डा.योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारामा उहाँले आफूलाई थिग्राएको र सो क्रममा टाउकोको पछाडि अलि छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।
उनले भने, ‘बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भइसकेको छ । डा. योगीले राति १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिँदै त्यस अवस्थासम्म कोइराला बोलिनै रहेको बताए ।
उनले कोइरालामा फोक्सोमा हुनु पर्ने सबै किसिमको रोग रहेकोभन्दै केही समय अघि सुनिएको खुट्टा पनि सोही कारण भएको रिपोर्ट आएको बताए ।















प्रतिक्रिया