चितवन, २८ माघ । पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं १ अन्द्रौलीकी ४८ वर्षीया भीमा कुमालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार घर नजिकै चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी कुमाललाई बुधबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणपछि गम्भीर बनेकी कुमालको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया