१ कार्तिक २०८३, शनिबार

साग फुटबलः बंगलादेशसँग नेपाल २-१ गोलले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football-nepal

काठमाडौं, २८ माघ । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको छ ।

बिहीबार दिउँसोदेखि गुहावाटी मैदानमा भइरहेको खेलमा नेपालले सुरुमा अग्रता लिएको थियो । नेपालका लागि खेलको सुरुआत अर्थात दुई मिनेटमै अनन्त तामाङले पहिलो गोल गरेका थिए ।

खेलको हाफ समयपछि ब‌ंगलादेशले पनि ४० औं र ४५ औं मिनेट गोल गर्दै अग्रता लिन सफल भएको थियो । त्यसपछि खेलमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि बंगलादेश विजयी भयो ।

हारका बाबजुद पनि नेपाल नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र आजको खेलले बंगलादेश समूह विजेता बनेको छ भने नेपालले उप विजेतामै चित्त बुझाउनुपरेको छ ।