१ कार्तिक २०८३, शनिबार

यी हुन् मानुषीका हुनेवाला पति, बाबुराम र हिसिलाका ज्वाइँ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेकेन्द्र श्रेष्ठ
जेकेन्द्र श्रेष्ठ

काठमाडौं, २८ माघ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले छोरीका लागि ज्वाइँ पाएका छन् ।

स्रोतका अनुसार तनहुँ जिल्लाको रिसिङ गाविस स्थायी घर भइ हाल राजधानीमा बस्दै आएका र नयाँ शक्ति नेपालमा सक्रिय जेकेन्द्र श्रेष्ठले बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई विहे गर्न लागेका हुन् । उनीहरुबीच लामो समयदेखि मायाप्रेम गाँसिएको थियो । श्रेष्ठको जन्म २०३९ सालमा भएको हो ।

manushi1-400x215माओवादीका पूर्व विद्यार्थी नेता श्रेष्ठले मानुषीलाई पत्नी बनाउने योजना विगत एक वर्षदेखि बनाउँदै आएका थिए । स्रोतका अनुसार श्रेष्ठलाई मानुषीले मन पराएपछि बाबुराम र हिसिलाले पनि मन पराएका छन् । प्रेमको प्रस्ताव मानुषी आफैले श्रेष्ठसँग गरेको एक विद्यार्थी नेताले बताए ।

सामान्य परिवारका श्रेष्ठले मानुषीलाई खुसी साथ राख्ने बचन बाबुराम र हिसिलालाई दिएको चर्चा छ । श्रेष्ठ र मानुषीको विहे यही फागुन १ गते हुने स्रोतले जनाएको छ ।

जेकेन्द्रलाई बाबुराम र हिसिलाले आर्थिक सहयोग समेत गर्दै आएको स्रोतले जनाएको छ । यद्यपि जेकेन्द्रले विहेपछि आफ्नी पत्नीलाई आफैले खुसी राख्ने र ससुरालीबाट कुनै सहयोगको अपेक्षा नगरेको आफ्ना साथी भाइहरुसँग कुरा गर्ने गरेको बुझिएको छ ।