७ कार्तिक २०८३, शनिबार

बैदेशिकमा अनुगमन आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kedar Bahadur Bogatiकाठमाडौं, २८ माघ । बैदेशिक रोजगार विभागमा अनुगमन आतंक जारी रहेको छ । महानिर्देशक केदारबहादुर बोगटीलाई समेत गुमराहमा पार्दै अनुगमन शाखाका कर्मचारीहरुले म्यानपावरदेखि अभिमुखीकरण संस्थाहरुबाट घुस असुलीलाई तीव्र पारेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

शाखाकी निर्देशक रमा भट्टरँई र शाखा अधिकृत अर्जुन खतिवडाले अनुगमनको त्रास देखाएर ब्यवसायीहरुबाट दररेट तोक्दै घुस लिने गरेका छन् ।

श्रम तथा रोजगार मन्त्रीदेखि सचिव रामकुमार आचार्यका नाममा विभागको अनुगमन शाखाले ब्यवसायीबाट घुस असुली गर्दै आएको छ ।

२०७२ बैशाखको भूकम्पपछि म्यानपावर ब्यवसाय क्रमशः ओरालो लाग्दै गएको अवस्थामा अनुगमन आतंकले थला पर्ने अवस्थामा पुगेको छ ।

६७ वटा म्यानपावरका फाइल अनुगमनका नाममा निर्णय नगरी म्यानपावरको कारोबार रोक्दा ब्यवसायी घरको न घाटको भइसकेका छन् ।

अनुगमन शाखाकी निर्देशक भट्टराई र अधिकृत खतिवडाले घुस नदिने म्यानपावरको खातापाता छानबिनका लागि लगेर दुःख दिने भन्दै घुस माग्ने गरेका छन् ।

कारोबार रोक्ने धम्की दिएपछि विभागले विगतमा अनुगमनका नाममा ब्यवसायीलाई दिएको दुःख र हैरानी देखेर घुस दिन बाध्य हुनुपरेको गुनासो कतिपय ब्यवसायीको छ ।

अभिमुखीकरण ब्यवसायी महासंघले त अनुगमन शाखाका निर्देशक भट्टराईलाई मासिक ४ लाख रुपैयाँ घुस दिएर तालिम नै नदिई प्रमाणपत्र बिक्री गर्न छुट पाएको समाचार छ ।

स्रोतका अनुसार अभिमुखीकरण ब्यवसायी महासंघका आजीवन अध्यक्ष पूर्णबहादुर मल्ल र सीता देवकोटाले निर्देशक रमा भट्टराई र अधिकृत खतिवडालाई मासिक रुपमा उक्त घुस दिएर अनुगमन नै रोकी सेटिङमा पत्ता(प्रमाणपत्र) बिक्री गर्ने धन्दा चलाएका छन् ।