१ कार्तिक २०८३, शनिबार

उत्तर कोरियामा सेना प्रमुखलाई मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong_korea

काठमाडौं, २७ माघ । उत्तर कोरियामा सेना प्रमुख जनरल रि योङ गिललाई मृत्युदण्डको सजायँ सुनाइएको समाचार सार्वजनिक भएको छ ।

उनलाई भष्ट्रचार गरेको अभियोग लगाएर मृत्युदण्डको सजाय सुनाइएको दक्षिण कोरियाली सरकारी समाचार संस्था यान्हेपलाई उद्धृत गर्दै विश्व समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

यान्हेपले पनि अज्ञात स्रोतमार्फत समाचार सार्वजनिक गरेको हो । भ्रष्टाचार र निजी नाफा कमाउनका लागि काम गरेको अभियोगमा दोषी ठहर गर्दै गिललाई कोरियाका तानाशाही शासक किम जोङ उनले मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ ।

kim_jong-un_and_ri_yong_274584965

तर, यो खबरलाई उत्तर कोरियाली सञ्चारमाध्यमले अहिलेसम्म पुष्टि गर्न सकेका छैनन् । जनरल गिललाई उत्तर कोरिया राष्ट्रपति उनले केही समयअघि कोरियन पिपल्स आर्मीको प्रमुख नियुक्त गरेका थिए ।

मृत्युदण्ड सुनाएका सेना प्रमुख गिल एक्ला भने होइनन् । यसअघि राष्ट्रपति किमले आफ्नै नातेदार तथा विश्वास पात्रलाई समेत मृत्युदण्ड दिँदै तोपले उडाएका थिए । त्यसयता उच्च अधिकारीमाथि मृत्युदण्ड दिइदै आइएको र धेरैलाई वेपत्ता पारिएको समाचारमा सुनिन्छ ।