
काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भुटानका गृह एवम् सांस्कृतिक मामिलामन्त्री दावा ग्याल्तसेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा भूटानी राजदूत भी नाम्ग्याल र अन्य भुटानी अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज शर्माले जानकारी दिनुभयो ।
भुटानी गृहमन्त्री दावा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद् निधनप्रति समवेदनामा प्रकट गर्न आजै यहाँ आउनुभएको थियो । रासस












प्रतिक्रिया