१४ कार्तिक २०८३, शनिबार

कोइराला इमान्दार नेता: अध्यक्ष ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta_Thakur

पथरी (मोरङ), २७ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सुशील कोइराला इमान्दार , शालिन र सरल नेता भएको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले कोइरालाको निधनले समग्र देश शोकाकुल बनेको बताउँदै कोइराला निस्वार्थी, सधै देश र जनताका लागि मरिमेट्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री हुँदासमेत आफ्नो व्यक्तिगत स्वार्थलाई पन्छाएर देश र जनताका लागि काम गरेको चर्चा गर्दै कोइरालाको योगदानलाई मुलुकले भुल्नै नसक्ने विचार व्यक्त गर्नु भयो । रासस