
काठमाडौं, २७ माघ । आफ्नो पाँचौ खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले विहीबार नामिबियाको सामान गर्दैछ ।
यो छैठौं खेल विश्वकपको बाटो पछ्याउन नेपालका लागि महत्वपूर्ण छ । आईसीसी यू–१९ विश्वकपमा सोझै वा छनोटको लामो प्रक्रिया अंगाल्ने भन्ने कुरा भोलीको खेलले निर्धारण गर्नेछ ।
जित्यो भने नेपाल न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनेछ भने हार्यो भने फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नुपर्नेछ ।त्यसकारण भोलीको खेललाई जितेर सहजै विश्वकपतिर प्रवेश गर्ने मौका नेपालसँग छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशमा भइरहेको युवा विश्वकपमा एसोसियट देशमध्ये शीर्ष स्थानमा रहनेले दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउने निर्णय गरेको थियो ।
त्यसैअुनसार नेपाल र नामिबियाबीच बंगलादेशको फतुल्लाह मैदानमा खेल हुनेछ । बुधबार इङल्यान्डले नामिबियालाई २ सय ३ रनले हराएपछि यो समीकरण तयार भएको हो । बिहीबारको खेलले प्रतियोगितामा सातौं र आठौं स्थानमा रहने टिमको पनि निर्णय गर्नेछ ।















प्रतिक्रिया