७ कार्तिक २०८३, शनिबार

छोरीको कन्यादान गर्दै बाबुराम र हिसिला, को हुन हुनेवाला ज्वाई ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manushi1-400x215
बाबुराम हिसिलापुत्री मानुषी

काठमाडौं २७ माघ । अब जनयुद्धलाई कहिलेकाहीँ सम्झनुबाहेक त्यो विचार आदर्श र व्यवहारमा नफर्किने गरी बहिर्गमित डा. बाबुराम भट्टराईले जनयुद्ध छाडेकै वर्षगाँठ अलिक फरक किसिमले अर्थात पुरानो पार्टीका तर्फबाट जनयुद्ध दिवस मनाइदने दिन फागुन १ गते छोरी मानुषीलाई अन्माएर मनाउने भएका छन् ।

सशस्त्र द्धन्द्धताका भारीय शिक्षालयमा अखिल क्रान्तिकारी नेतृको रुपमा प्रकट भएकी बाबुराम हिसिलापुत्री मानुषीले बाबुको भूगोल र आमाको समुदायका पुरुषसँग नाता गाँसेकी छन् ।

बाबु र आमाकी साझा छोरी बन्नलाई नाम पछाडि यमी भट्टराई लेख्ने उनले तनहुँका जेकेन्द्र श्रेष्ठलाई जीवनसाथी रोजेकी हुन् । उनी अहिले बाबुरामले निर्माण गरेको नयाँ शक्तिका प्रमुख मध्येका एक नेता हुन् ।

जनयुद्धमा धनीका छोराछारीलाई पनि सरकारीमै पढाउनुपर्ने एजेण्डा बोकेका बाबुराम आफ्नी छोरी ठूल्ठूला कलेजमा पठाएर विवादमा तानिएका थिए ।

स्रोतका अनुसार बाबुरामले आफ्नो छोरीको विहे धुमधामका गर्दैछन् । आफूलाई सर्वाहारा नेताले छोरीको विहेमा कतिको खर्च गर्नेहुन त्यो हेर्न बाँकी नै छ । जनआस्था साप्ताहिकमा खबर छ ।