७ कार्तिक २०८३, शनिबार

‘डार्लिङ’लाई मन्त्रीले रक्सीको सुरमा श्रीमती बनाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madira-Raksiकाठमाडौं, २७ माघ । केही दिन अघि नेपाल सरकारका एक मन्त्रीलाई आफ्नै पिए ‘डार्लिङ’लाई सार्वजनिक मञ्चमै श्रमती बनाएपछि आपत आइलागेको छ ।

यस्तो घटना विवरणः
उनी मन्त्रीकी पत्नी होइनन्, तर ‘म्याडम’ भन्दै दिनहुँ निवासका आगन्तुकको नमस्कार खान्छिन् । बस्ने, खाने पनि सँगै हो । मन्त्री पनि झोलले रन्किएको बेला ‘माई डार्लिङ’ अरुबेला ‘कार्यकर्ता’ भन्छन् । यी हुन् खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह ।

पोखराको लेकसाइडमा पुगेर प्रेमबहादुर समस्यामा परे । साना शहरी खानेपानी आयोजनाको क्षेत्रीय अनुगमन तथा बित्तिय अनुशासन विषयक गोष्ठीका उद्घोषकले फ्याट्टै भनिदिए, ‘माननीय मन्त्रीज्यूकी धर्मपत्नी नलिनीदेवी सिंह श्रेष्ठ ।’ नलिनी त खुसी भइन्, तर मन्त्रीले अँध्यारो मुख पारे । अनि उद्घोषकलाई हत्तपत्त आफूतिर तानेर कराए, ‘जसलाई पायो त्यसलाई मेरो धर्मपत्नी भन्न पाइन्छ ? स्वकीय सचिव हो, त्यही भन्नुस् !’ अनि उद्घोषकले सच्याएर भने, ‘माफ गर्नुहोला, उहाँ मन्त्रीज्यूको धर्मपत्नी नभएर स्वकीय सचिव हुनुहुन्छ ।’ त्यसपछि नलिनीले मुख अँध्यारो पारिन् ।

गत साता प्रेमबहादुर र नलिनी विराटनगर पुगेका थिए । चुरेभावर पार्टीका धुन्धुकारी नेता बद्री न्यौपानेको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न सर्लाही पनि पुगे । बर्दिबासमा बास बसे । त्यहाँ डिभिजन सडक कार्यालय सर्लाहीका प्रमुखले स्वागतार्थ रात्रीभोज आयोजना गरे । बोतलमा आधा रक्सी बाँकी छँदै ढुन्मुनिएर हिँड्ने अवस्था आएपछि निम्तालुले रक्सी थन्क्याउने सुर कसे ।

तर, नलिनी कराउन थालिन्, ‘मन्त्रीज्यूलाई यो रक्सी चाहिन्छ, राख्न पाइँदैन भन्दै ।’ त्यो रक्सीको बोतल आफ्नै हाते झोलामा राखिन् ।

सँगै गएका खानेपानी विभागका डिएम मनोज घिमिरेले त्यस्तो दृष्य देखिसहेनन्, ‘प्याच्चै भनिहाले, ‘क्या खाते रैछ यार !’ त्यसपछि प्रेमबहादुरले नलिनीलाई हप्काए, ‘ओई’, के गरेको ?’ जनआस्था साप्ताहिकमा खबर छ ।