१४ कार्तिक २०८३, शनिबार

देउखुरीमा अस्पातल बनाउने विषय कता हरायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamahi-Bazar-Deukhuri-Dang– दशरथ घिमिरे

देउखुरी, २७ माघ । प्राथमिक स्वास्थ्य केन्द्र लमही २५ बेडको अस्पातालको रुपमा स्तरवृद्धि हुने, ट्रमा सेन्टरको रुपमा विकास गरिने, जिल्ला अस्पताल हुने, रिञ्चेन मेडिकल कलेज, पुष्पलाल मेडिकल कलेज । यी र यस्तै धेरै चर्चा भएपनि देउखुरीमा अस्पताल वन्ने विषय अनिश्चित जस्तै बनेको छ ।

नयाँ सरकार गठन भएसंगै स्वास्थ्य केन्द्रलाई जोडेर नयाँ विषय बाहिर सार्वजनिक हुन्छ । तर, ती चर्चा यथार्तमा ‘हावा’ साबित हुन्छन् ।
देउखुरीमा ९ गाविस र एक नगरपालिका छ । तर, यहाँका मानिसले अस्पताल र विशेषज्ञ सेवा लिन अनेत्र जानुपर्ने वाध्यता छ । राजनीतिक दल र अन्य संघ संस्थाका वीचमा एकता नहुँदासम्म स्वास्थ्य केन्द्रको स्तरवृद्धि हुन नसक्ने धारणा नागरिक समाज देउखुरीका संयोजक नीमबहादुर थापाको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डको दूरी मात्रै ८० किलोमिटरको छ । पूर्वमा धानखोलादेखि पश्चिममा अमेलियासम्मको दूरीमा एउटा पनि अस्पताल छैन् । राजमार्गमा दिनहुजसो सवारी दुर्घटना हुनेगर्छ । घाइतेहरुको उपचारका लागि वुटवल, नेपालगञ्जर र घोराही पुगाउनुपर्ने वाध्यता छ । धेरै घाइतेको अस्पताल पुगाउन नपाउँदै वाटोमै अकाल मृत्यु भैरहेको छ ।

राजमार्गको सेन्टरमा पर्ने लमही प्राथमिक स्वास्थ्य केन्द्रले राजमार्गमा हुने दुर्घटनाको विरामीको उपचारको भार थेग्न सक्दैन् । अस्पताल भएमा विषय विशेषज्ञ डाक्टहरुको दरवन्दी, भौतिक पूर्वाधारको विकास, भर्ना गरेर उपचार गर्ने, सेवा सुविधा बढ्छ ।

तर, स्वास्थ्य केन्द्रको स्तरवृद्धिको कुरा उठेको एक दशक भैसकेको छ । २०६२/०६३ मा अञ्चल अस्पताल देउखुरीमा स्थापना गर्नेभन्दै अभियान चलाइएको थियो । तर, राजनीतिक दलहरुले देउखुरीलाई नभई तुलसीपुरमा स्थापना गर्नेभनि सिफारिस गरेपछि देउखुरीमा अस्पताल निर्माण गर्ने विषय कुरामा मात्रै सीमित भएको नेपाल रेडक्रस उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले बताउनु भयो ।

दुई वर्षअघि स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिको टोलीले भेट गरी अस्पाताल बनाउन अनुरोध गरेको थियो ।

लमही अस्पताल २५ बेडको बनाउन सांसद चौधरी पहल गर्ने

Yogendra-Chaudhari-1प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरवृद्धिका लागि सक्दो पहल गर्ने सांसद योगेन्द्र चौधरीले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

फोरम लोकतान्त्रिकका सांसद चौधरीले आफ्नो पार्टीको नेतृत्वमा मन्त्रालय रहेकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पताल बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ललितकुमार थापाको अध्यक्षता एवम् सांसद चौधरीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पदमप्रकास गोराथोकी, सदस्य सूर्यराज गौतम, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गर्नु भएको थियो ।