काठमाडौ, २७ माघ । भक्तपुरकी सारदा प्याथा पुस्तक पढ्न सारै रुचाउँछिन् । सायद त्यसैले होला जहाँ पुस्तक प्रदर्शनी हुन्छ उनी त्यहाँ पुग्ने गरेकी छन् । पेसाले बिद्यार्थी सारदाको खोजे जस्तो र छानेर पुस्तक किन्ने अवसर मेलाले दिलाउने बताइन् । नोबेल र प्रयोगात्कम पुस्तकबढी अध्यायन गर्ने सारदाले मेलामा यस्तैखालका दर्जनबढी किताव किनेकी छन् ।
सारदाको जस्तै भनाई नयाँ बसपार्कका रामगोपाल खड्काको पनी छ । बौद्धिक र जीवनमा उत्पे्ररणा जगाउने खालका कितावको खोजीमा उनी प्रदर्शनीमा धाउने गरेका छन् । पेसाले शिक्षक उनी आफ्ना र बिद्यार्थीका लागी उपयोगी के कस्ता किताव छ भनेर बुझ्न प्रदर्शनीमा आएको बताए । प्रदर्शनीमा आफूले चाहेको किताव पाइने र लेखक तथा प्रकाशसँग सिधै भेट्न र कुरा गर्न पाइने भएर पनि म प्रदर्शनी कहिलै छुटाउन्न’, उनले भने ‘म आफूलाई किताव पनि किन्छु र विद्यार्थीलाई सिफारीस पनि गर्छु ।’
यी त उदारण मात्र हुन् । यस्ता थुप्रै ब्यक्तिहरुको भिड लाग्ने गरेको दैनिक राजधानीको भृकुटीमण्डपमा आयोजित तेस्रो पुस्तक प्रदर्शनीमा । ‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराकासाथ शुक्रबारबाट सुरु भएको पुस्तक प्रदर्शनीमा दैनिक लाखौका पुस्तकहरु बिक्री हुने गरेका छन् ।
शिक्षा मानिसको जिवनका लागी आवश्यक भएकोले पुस्तक प्रदर्शनीले शैक्षिक मानिसको बिस्तार गर्न महत्वपुर्ण भूमिका खेल्ने आयोजक डिकुरा प्रकाशनमा प्रमुख तथा प्रदर्शनी संयोजक एवम् साहित्यकार पुण्यप्रसाद प्रसाईले बताए । ‘पाठक, लेखक र प्रकाशकबीच सिधै सम्पर्क गराउने काम प्रदर्शनीले गर्नेछ’, प्रसाइले भने, ‘यसले पाठकको रुची, पाठकका चहानालगायतका बिभिन्न पक्षहरु लेखक र प्रकाशलाई मुझ्न सजिलो हुन्छ ।’ आफू पनि लेखक र प्रकाशक भएकोले पनि प्रदर्शनीबाट धेरै कुरा सिक्न मद्दत मिलेको प्रसाईको भनाई रहेको छ ।
प्रर्दशनीमा एकसाय पाँच(१०५) प्रकाशन संस्थाका पन्ध्र हजार (१५०००)बढी पुस्तकहरु राखिएका छन् । तीमध्य पनि मुख्य आकर्षण नयाँ अग्रेजी कितावहरु रहेका छन् । प्रदर्शनीले युवाहरुमा पुस्तक प्रतीको आकर्षक बढेको आफूले पाएको आयोजक प्रसाइले बताए । युवा मात्र हैन बच्चा र बुढाले पनि यस पटकको प्रदर्शनी सदुपयोग गरेको प्रसाइको भनाईछ । प्रदर्शनीमा फिक्सन ,सेल्फहेल्थ र आत्मकथा र जिवनी सम्बन्धी पुस्तक बढी बिक्री भएका छन्
प्रदर्शनी २ फागुनसम्म सम्म चल्नेछ । ७५ हजार अवलोकन कर्ताहरु भित्र्याउने लक्ष्य आयोजक संस्थाको रहेको छ । प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र सँकलन योग्य क्लासिकल पुस्तकहरु समेत छन् ।
प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने गरिएको छ । प्रत्येक दिन लेखक साक्षात्कार कार्यक्रम समेत राखिएको छ । प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको विशेष उपस्थिति रहने गरेको छ ।















प्रतिक्रिया