७ कार्तिक २०८३, शनिबार

बेड बुक गरेर सुशीललाई उपचार गर्न अस्पताल नलगेको रहस्य खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala-nidhanकाठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ ।

स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो ।

पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा। करवीरनाथ योगीका अनुसार अस्पताल भर्ना गर्न सोमबार बिहान शिक्षण अस्पतालको ६०१ नम्बरको बेड बुक गरिएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।

‘सोमबार बिहान अस्पतालको बेडसमेत बुक गरिएको थियो, तर दिउँसो केही सुधार भयो, भर्ना गर्नुपर्ने जस्तो देखिएन ‘ डा योगीले भने । राति ११ बजेपछि मात्र रोगले चाप्दै लग्यो अस्पताल लैजान एम्बुलेन्स खोजिरहेका थियौ, तर त्यसअगावै उहाँको निधन भयो, बताउन सकिएन ।