– झलक पाली
डोटी, २६ माघ । नेपाली काँग्रेस डोटीको सोमबार सम्पन्न जिल्ला अधिवेशनबाट प्रदिप देउवा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
निवर्तमान कार्यवाहक सभापती रामप्रसाद उपाध्यायलाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।सभापती पदका लागि भएको निर्वाचन परिणाम अनुसार देउवाले दुई सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी उपाध्यायले दुई सय १२ मत मात्रै प्राप्त गरेका छन् । सभापतीका दावेदार दुवै नेता काँग्रेस बरिष्ठ नेता शेर बहादुर देवा निकट नै हुन् ।
यस्तै सचिवका लागि भएको निर्वाचनमा दुई जना उम्मेदवार जितबहादुर खड्का र टिका फुलारालाई पराजित गर्दै नारायण जोशी विजयी भएका छन् । जोशीले एक सय १३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी खड्काले एक सय १ र फुलाराले ९० मत मात्रै प्राप्त गरेको जनाईएको छ ।
यस्तै कोषाध्यक्षमा भरतबहादुर कठायतले दुई सय १८ मत प्राप्त गरि विजयी भएका छन् । कोषाध्यक्षका अन्य उम्मेदवार नन्दराम मलासीले एक सय ९५ र बलबहादुर खड्काले ६९ मात्रै मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पाँच सय ३४ प्रतिनिधिमध्ये पाँच सय ५ जनाले मतदान गरेको काँग्रेस श्रोतले जनाएको छ । खसेका मतमध्ये १३ वटा मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै जिल्ला समिति सदस्यहरुमा निर्वाचन क्षेत्र नं. १ बाट बिरेन्द्र शाह, भेषराज जोशी, रामबहादुर खड्का, छत्र कठायत, र लक्ष्मण सिंह चयन भएका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट खेमराज भण्डारी, जितबहादुर बिष्ट, भैरव साउँद, बिरेन्द्र कोट्केनी र खेम बम छानिएका छन् ।
महिला सदस्यहरुमा दुर्गा शर्मा, कमला बोहरा, पार्वती भट्ट र रेश्मा कुँवर रहेका छन् । जनजातीतर्फ हरीओम श्रेष्ठ र भक्तबहादुर थापा चयन भएका छन् भने दलिततर्फ रामबहादुर दमाई र तेजबहादुर लुहार र अल्पसंख्यकतर्फ कुवेरबहादुर खड्का र रामचन्द्र राणा चयन भएका छन् ।












प्रतिक्रिया