१४ कार्तिक २०८३, शनिबार

कोइरालालाई श्रद्धाञ्जलि दिन भूटानी गृहमन्त्री आउदै, चीनका कूटनीतिज्ञद्धारा श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ राजदूत
चिनियाँ राजदूत

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न कूटनीतिक नियोगका प्रमुखहरु आज दशरथ रङ्गशाला पुग्नुभएको थियो ।

नेपालस्थित छिमेकी मित्रराष्ट्र भारत, चीन, श्रीलङ्कालगायतका मित्रराष्ट्रका राजदूत र कूटनीतिक नियोगमा कार्यरत कूटनीतिज्ञले स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न भुटानबाट गृहमन्त्री भोलि आउने कार्यक्रम रहेको कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै, भारतबाट नेसनलिस्ट काँग्रेस पार्टी अफ इन्डियाका महासचिव डिपी त्रिपाठी पनि भोलि आउने कार्यक्रम रहेको छ । रासस